वीर भक्ति पूर्व विद्यार्थी समाज
वीर भक्ति माध्यमिक बिध्यालय राइनास नगरपालिका वडा नं. ८, तार्कुघाट लमजुङमा अध्ययन गरेका बिध्यार्थीहरु बिच एकापसमा भाइचारा साटासाट गर्ने, वीरभक्तिको स्मृतिलाई हटन नदिने तथा बेला बखत वीर भक्ति मा बि लाई बिभिन्न रुपमा रचनात्मक सहयोग पुर्याउने अभिप्रायले देश बिदेशमा छरिएर रहेका पुर्व बिध्यार्थीहरु बिच समय समयमा औपचारिक अनौपचारिक रुपमा संबाद चल्दै आएको थियो । यसैलाई मुर्तरुप दिन बि सं. २०४९ सालमा वीरभक्ति भुतपुर्व बिध्यार्थी समाज तदर्थ समिति गठन गरियो । समितिलाई औपचारिक रुप दिन र बैधानिक मान्यताका लागि बि.सं. २०६२ सालमा जिल्ला प्रसाशन कार्यालय लमजुङमा बिधिबत दर्ता गरियो । यसैगरी बि सं २०६६, २०७४ र २०७८ मा बिधिवत नयाँ नयाँ कार्यसमिति गठन गरी समाजलाई निरन्तरता दिने र लक्ष मुताबिकका केही न केही कार्यक्रम गरिंदै आएको छ। समाज सम्वन्धि केही जानकारीहरु यसको ब्रोशर, वीरभक्ति स्वर्ण स्मारिकामा पनि राखिएका छन् ।

समाजको नाम र बिधानमा रहेका केही प्राबधानहरुलाई अलि बढि बोधगम्य बनाउन आबश्यक देखी संस्था दर्ता हुँदा राखिएको नाम वीरभक्ति भुतपुर्व बिध्यार्थी समाजलाई परिवर्तन गरी वीरभक्ति पुर्व बिध्यार्थी समाज बनाइएको छ । यसैगरी बिध्यालयबाट कम्तिमा एउटा शैक्षिकसत्र अध्ययन गरी सकेको बिध्यार्थी समाजको सदस्य हुन सक्ने प्राबधान राखिएको छ । समाजको गतिबिधिलाई संचालन गर्न सहज बनाउने अभिप्रायले समाजमा एउटा अक्षयकोष पनि राख्न सकिने प्राबधान राखी जिल्ला प्रसाशन कार्यालय लमजुङको मिति २०८१।४।२२ को निर्णयले बिधानमा केही अंश संशोधन गरिएको छ । समाज र यसका गतिबिधि बारे सिमित रुपमा नै भए पनि सदस्यहरुबाट औपचारिक, अनौपचारीक रुपमा सल्लाह, सुझाव, एबम टिका टिप्पणि पनि गरिदै आएको छ । केही सदस्यहरुमा लौन यसको क्रियाशिलता बढाउ भन्ने हुटहुटी पनि रहँदै आएको पाइन्छ । व्यस्त जीवन र भौतिक दुरीले समाजमा सदस्यहरुको क्रियाशिलता बढाउन कठिन भएको आभास मिलको छ । यसै परिप्रेक्षमा सदस्यहरु बिचको सामिप्यतालाई अभिबृध्दि गरी वीर भक्ति पुर्व बिध्यार्थी समाजलाई उर्वर र शिर्जनशील बनाउने अभिप्रायले ढिलै भए पनि यो वेभसाइट यस रुपमा निर्माण गरी संचालनमा ल्याउने प्रयत्न गरिएको छ ।
वर्तमान पदाधिकारीहरु

अध्यक्ष: श्री दिनेश बाबु तिवारी
९८४१४१७८३४

उपाध्यक्ष: श्री दिल्लीमान श्रेष्ठ
९८४६७३८१६४

सचिव: श्री तारा कुमार पिया
९८४६१२३८२१

कोषाध्यक्ष: श्री जीवन कुमार श्रेष्ठ
९८५६०४०९६२

सदस्य: श्री खड्ग बहादर गुरुङ्ग
९८१३६१०६७३

सदस्य: श्री हरि रानाभाट
९८५६०७४०२२

दुर्गामान श्रेष्ठ (सदस्य)
९८४६०९०८८०

अनन्त त्रिपाठी (सदस्य)
९८६०८६६७०७

रमेश उप्रेती (सदस्य)
९८४६१९०९३९

रञ्जित श्रेष्ठ (सदस्य)
९८४९६३३३२८

शान्ति थापा (सदस्य)
९८६९७२७८७६
सल्लाहकारहरु

राम बहादुर रानाभाट - पुर्व अध्यक्ष
N/A

विज्ञ सदस्य: श्री घनराज लोहनी
९८५१००३०८०

विज्ञ सदस्य: डा ध्रुव वहादुर थापा
९८५११६१३०३

बिश्वलाल श्रेष्ठ - निवर्तमान अध्यक्ष
N/A

